महालेखा परीक्षकको प्रतिवेदन भन्छः बेरुजु ४ खर्ब पुग्यो



काठमाडौं । गत आर्थिक वर्षमा सरकारी निकायको बेरुजु ९४ अर्ब रुपैयाँ देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत आर्थिक वर्षको लेखापरिक्षणको विवरण सार्वजनिक गर्दै ९४ अर्ब रुपैयाँ बेरुजु  देखिएको जनाएको छ ।

महालेखाको ५५ औ वार्षिक प्रतिवेदनमा १७ खर्ब ५२ अर्ब रुपैयाँको सरकारी निकायको कारोबारको लेखापरिक्षण गर्दा ९४ अर्ब रुपैयाँ बेरुजु  देखिएको हो ।

यो कुल लेखापरिक्षण रकमको ५.४१ प्रतिशत बेरुजु  हो ।

महालेखाको प्रतिवेदनमा अघिल्ला वर्षको ५२ अर्ब ५१ करोड रुपैयाँको बेरुजु भने फस्र्योट भएको छ ।
जसले गर्दा बेरुजी ३ खर्ब ९६ अर्ब रुपैयाँमा बेरुजु  रकम पुगेको छ ।


क्लिकमान्डु