नेप्से परिसूचक १७.५५ अंकले घट्यो, कारोबारमा समेत कमी



काठमाडौं । दुईदिन करिब १ अर्ब रुपैयाँको कारोबार भएको सेयर बजारमा मंगलबार कारोबार ह्वातै घटेको छ ।

मंगलबार नेप्से परिसूचकमा १७.५५ घटेर १,२७०.२३ बिन्दुमा आएको छ ।
आज १६० कम्पनीले सेयर खरिद बिक्री गरेका छन् । ९ लाख ८३ हजार १ सय ५९ कित्ता सेयर किनबेच हुदाँ ३४ करोड ९० लाख ५१ हजार ७७ रुपैयाँको कारोबार भएको छ ।

लगातार दुई दिन १ अर्बको कारोबार भएकोमा एकाएक मंगलबार कारोबार रकम ह्वातै घटेको हो ।
अघिल्लो सातामा औसतमा दैनिक ३० करोडसम्मको सेयरखरिदबिक्री भएकोमा आइतबारदेखि सेयर कारोबार बढेको थियो ।

त्यो दिन परिसूचक बढेपनि सोमबार भने सेयर बजार घटेको थियो । तर,मंगलबार कारोबार रकम समेत घट्दा लगानीकर्ता अझै अन्यौलमा रहेको देखिन्छ ।

बैंक १५.५९, होटल ४.१६, विकास बैंक १७.६४, जलविद्युत ४०.५८, वित्तीय ३.०९, बीमा समूह ९४.६३, उत्पादनमूलक ६९.५८, अन्य ३.१५ र माईक्रोफाइनान्स २६.४६ अंकले घट्ेका छन् ।

स्वदेशी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ७.९९ प्रतिशतले सबैभन्दा धेरै कमाइ गरेका छन् । साथै हाम्रो विकास बैंकका लगानीकर्ताले ७.५ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् ।


क्लिकमान्डु