अमेरिकी राष्ट्रपति ट्रम्पको निजी निवासमा आगलागी




काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी निवासमा आगलागी भएको छ । विविसी विश्व सेवाले दिएको जानकारी अनुसार न्यूयोर्कको उनको निजी निवास समेत रहेको ट्रम्प टावरमा आगलागी भएको हो ।

सो आगलागीबाट एक ब्यक्ति गम्भीर घाइते भएका छन् । सो भवनमा ट्रम्पको घर र ट्रम्प ग्रुपको केन्द्रीय कार्यालय पनि छ । तर राष्ट्रपति ट्रम्प र उनको परिवार अहिले वासिंटनमा रहका बताइएको छ ।

आगलागी नियन्त्रणको काम भइरहेको छ । ट्रम्प भवनको ५० औं तलामा आगलागी भएको हो । सो तलामा निजी निवासहरु र कार्यालयहरु भएको बताइएको छ ।

आगलानी हुने वित्तिकै राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्वीटर मार्फत आगलागी नियन्त्रणको काम भइरहेको जानकारी दिएका छन् ।

भवन राम्रो तरिकाले बनाइएको र आगो नियन्त्रणको लागि दमकलकर्मीले राम्रो काम गरेका ट्रम्पले भनेका छन् ।

ट्रम्पकी श्रीमती मलेनिया ट्रम्पकी प्रवक्ताले मलेनिया र उनका छोरा बैरन ट्रम्प पनि अहिले वासिंटनमा रहेका जानकारी दिइकी विविसीले उल्लेख गरेको छ । बैरन ट्रम्पले पनि ट्वीटर मार्फत दमकल कर्मचारीलाई धन्यवाद दिएका छन् ।


क्लिकमान्डु