नेपाल अब ‘ल्याण्ड लिंक’ मात्रै होइन, ‘वाटर लिंक’ पनिः मोदी




काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल अब ‘वाटर लिंक’ मुलुक पनि बन्ने बताएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत प्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले यस्तो बताएका हुन् ।

‘नेपाल अब ‘ल्याण्ड लिंक’ मात्रै होइन, ‘वाटर लिंक’ मुलुक पनि बन्नेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने । उनले नेपाल र भारतले संयुक्त रुपमा नेपालको समुन्द्रसम्मको सहज पहुचमा काम गर्ने बताउँदै यस्तो भनेका हुन् ।

उनले नेपालका नदी हुदै समुन्द्रसम्म नेपाली सामान ओसार पसार गर्न संयुक्त रुपमा काम गर्ने बताएका हुन् । नेपाल अहिलेसम्म भूपरिवेष्ठित (ल्याण्ड लक) देश भनिदै आएकोमा मोदीले जमिनबाट मात्रै जोडिएको (ल्याण्ड लिंक) मात्रै नभएर अबदेखि जलमार्गबाट पनि जोडिएको (वाटर लिंक) देश बन्न लागेको बताए ।

उनले नेपालका नदि हुदै नेपाली सामान समुन्द्रसम्म ओसार पसार गर्ने सहमति भएको खुलाए । नेपाली प्रधानमन्त्री ओलीले समुन्द्रमा नेपालको आफ्नै पानी जहाज चलाउने बताउँदै आएका छन् ।


क्लिकमान्डु