प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



तस्बिरः भारतीय प्रधानमन्त्रीको ट्वीट

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार  द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।

भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उहाँहरुबीच द्विपक्षीय वार्ता हुने छ ।

औपचारिक भेट भोलि भएपनि दुईदेशका प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । दुईप्रधानमन्त्रीबीच एकघण्टाभन्दा बढी वार्ता भएको थियो । रासस


क्लिकमान्डु