प्राधिकरणद्वारा १ खर्बभन्दा बढी खर्च



काठमाडौं । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ ।

अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताइन् ।

प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई रु तीन लाख उपलब्ध गराउन नसकिएको उनले बताए । विसं २०७२ मा गएको भूकम्पबाट सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ ।

त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । रासस


क्लिकमान्डु