प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री सिंहले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्ली स्थित इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।
भारतीय गृहमन्त्रीले प्रधानमन्त्री ओलीलाई स्वागत गरेको जानकारी परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट ट्वीट गरेर दिएको छ ।
सिंह भारतीय प्रधानमन्त्रीपछि मन्त्रीपरिषद्मा दोस्रो बरियताका हुन् । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सिंह सहित वित्तराज्यमन्त्री शिवप्रताप शुक्ला एयरपोर्ट पुगेका थिए ।
प्रधानमन्त्री ओलीको ३ दिने राजकिय भ्रमण आजदेखि सुरु भएको छ ।