नेपालमा चीनले बनाएको विजुली भारतले नकिन्ने



काठमाडौं । प्रधानमन्त्री केपी ओली ३ दिने भारत भ्रमणको लागि दिल्ली पुगेका छन् ।

भारतीय संचारमाध्यममा पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा कभरेज राम्रोसँग भएको देखिन्छ । ओलीले दि हिन्दुलाई विशेष अन्तरर्वार्ता नै दिएका छन् ।

यसमा दि इन्डियन एक्सप्रेसले भने नेपालको जलविद्युत् आयोजनामा चीनले निर्माण गरेका ड्यामको विजुली भारतले नकिन्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई दिने उल्लेख गरिएको छ ।

भारतीय संचारमाध्यममा विदेश मामलाका समाचारहरु संस्थापनसँग निकट भएर आउने गर्छन् । इन्डियन एक्सप्रेसले उच्च स्रोतलाई उद्धृत गर्दै छापेको समाचारमा भनिएको छ,‘चीनले धेरैवटा जलविद्युत् परियोजनामा हात हालेको छ, चीनले निर्माण गरेका आयोजनाको विजुली भारतले किन्ने छैन।’

समाचार बुढीगण्डकी आयोजना ओलीले चिनियाँ कम्पनी गेजुवालाई दिन खोजेको त्यस्ता खालका आयोजनाको विजुली भारतले नकिन्ने जनाइएको छ ।

प्रचण्ड सरकारको पालामा बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय भएको थियो । शेरबहादुर देउवा सरकारको पालामा सो निर्णय उल्टाउदै स्वदेशी लगानीमा बुढीगण्डकी बनाउने निर्णय गरेको थियो । त्यसबेला प्रमुख प्रतिपक्षी दलको नेता रहेका ओलीले सो निर्णय आफ्नो सरकार आएपछि उल्टाउने बताउदै आएका छन् ।

चिनियाँ कम्पनीले नै निर्माण ठेक्क पाएको पश्चिम सेतीमा पनि बजार अनिश्चिताको कारण उसले हात झिक्ने निर्णय गरेको छ । भारतको बजार अनिश्चित भएको र चिनियाँ कम्पनीले निर्माण गरेको आयोजनाको विजुली भारतले नकिन्ने हुँदा चीनको ठूलो कम्पनी थ्री गर्जेजले पनि पश्चिम सेती निर्माणमा चासो दिएको छैन ।

समाचारमा भारतीय कम्पनीले निर्माण गर्ने अरुण तेस्रो विजुली भारतले किन्ने तर,चिनियाँ संलग्न भएको प्रोजेक्टको विजुली नकिन्ने उल्लेख छ ।
ओलीको भारत भ्रमणमा अरुण तेस्रोको उद्घाटन गर्ने तयारी छ । जसको जिम्मा भारतीय कम्पनी सतलजले पाएको छ ।


क्लिकमान्डु