नयाँ हवाई प्रवेश विन्दु उच्चस्तरीय छलफलमा



फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको उच्च स्तरिय छलफलमा नयाँ हवाई प्रवेश विन्दुको विषयमा समेत छलफल हुने भएको छ । प्रधानमन्त्री शर्माले मंगलबार संसदमा संम्बोधन गर्दै भारत भ्रमणको उच्च स्तरीय छलफलमा नयाँ हवाई प्रवेश विन्दुको विषयमा पनि भारतीय पक्षसँग छलफल हुने बताएका छन् ।

नयाँ हवाई प्रवेश विन्दुको विषयमा पहिलो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले छलफलको एजेन्डा तय गरेको थिए । तर, त्यसबेला भारतीय नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीले नयाँ हवाई प्रवेश विन्दु प्राविधिक कुरा भएकाले दुई पक्षको प्राविधिक कमिटी बसेर टुंगो लगाउने भन्दै पछाडि हटेको थिए ।

त्यसपछि दुई पक्षीय प्राविधक टोलीले गत असोजमा नयाँ हवाई प्रवेश विन्दुको विषयमा छलफल गर्ने समय तय गरेका थिए । तर, नेपाली पक्षलाई नयाँ हवाई प्रवेश विन्दुको विषयमा छलफल गर्न जाने निर्वाचन आचार संहिताले रोकेको थियो ।

निर्वाचन पछि सरकार गठन भइसक्दा पनि भारतीय पक्षले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छलफलको लागि कुनै चासो देखाएको थिएन् । अन्तत फेरि नयाँ हवाई प्रवेश विन्दुको विषय प्रधानमन्त्री ओलीको भारत भ्रमण एजेन्डामा परेको हो ।

नेपालले भारतीय नागरिक उड्डयनसँग नयाँ हवाई प्रवेश विन्दुका लागि छलफल सुरु गरेको दुई वर्ष भन्दा बढी भइसकेको छ । तर, भारतीय पक्षले विभिन्न वाहान देखाउँदै नयाँ प्रवेश विन्दुको विषयबाट पछि हट्न खोजिरहको नागरिक उड्डयन प्राधिकरणको स्रोत बताउँछ । कहिले भारतीय पक्षले आर्मीको ब्यारेकको विषय देखाउने त कहिले सुरक्षाको विषय देखाउँदै पछि हटिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्यन प्राधिकरणले २०१६ डिसेम्बरदेखि नयाँ हवाई प्रवेश विन्दुको विषयमा छलफल गर्न थालेको हो । नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुन्छ ।

पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग भएको छ भने पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरिरहेको छ ।

नेपालका लागि सबैभन्दा उत्तम हवाई प्रवेश विन्दु पनि नेपालगञ्ज नै हो । तर, भारतीय पक्ष नेपालगञ्ज प्रवेश विन्दुमा सकारात्मक छैन् । भारतीय पक्षले नेपालगन्ज प्रवेश विन्दु दिन त्यस क्षेत्रमा आर्मी वेस क्याम रहेको भन्दै आउका छन् । भारतीय पक्ष नेपालगञ्ज प्रवेश विन्दु भन्दा भैरहवा प्रवेश विन्दु दिने सकारात्मक छन् ।

भारतीय पक्षले भैरहवा विन्दु दिँदा धेरै उचाईबाट दिने हुँदा सिमराबाट भइरहेको प्रवेश विन्दुभन्दा खासै फरक नपर्ने नागरिक उड्डन प्राधिकरण्का भनाइ छ । भारतीय पक्षले नेपालगन्ज विन्दुको सट्टा अन्य विन्दु स्वीकृतिका लागि आग्रह गर्दै आएका छन् ।

छलफलमा नेपालका तर्फबाट भारतीय पक्षसँग नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर र युरोप तथा पश्चिमका देशबाट आएका जहाजले महेन्द्रनगरबाट इन्ट्री हुँदै पूर्वको मेची विन्दुबाट आउट हुँदै पूर्वका देशमा जाने पाउने गरी नयाँ विन्दुका लागि छलफल हुने भएको छ ।

नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकात्ता, थाइल्यान्ड , सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौंका अवतरण गरिरहेका छन् ।
नेपालबाट पश्चिमबाट आउने जहाज, दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छ ।

सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन एक सय ६५ नटिकल माइल दूरी कम पर्छ ।
नेपालबाट पश्चिम तर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट चल्तीमा छन् ।

एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्र नगर हुँदै बाहिर निस्कने हो ।
हामीले अहिले पोखरा, भैरहवा र निजगढमा विमानस्थल बनाउँदै छौं । यी विमानस्थलमा आउने आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ । प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन् । दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडांै, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सहज र छोटो दूरी नेपालगन्ज प्रवेश विन्दु नै हो ।

नेपालगन्ज प्रवेश विन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटोपर्ने र सिमराको बढ्दो ट्राफिक जाम पनि कम हुने प्राधिकरणको भनाइ छ । अहिले सञ्चालनमा रहेको सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउदा १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा जान एक सय ६५ नटिकल माइल दूरी कम पर्छ ।
भारतीय पक्ष भैरहवा, जनकपुर र विराटनगरको प्रवेश विन्दुका बारेमा लचक रहे पनि नेपालगन्जको प्रवेश विन्दुमा सकारात्मक छैनन् । पश्चिमतर्फबाट आउने जहाजका लागि सबैभन्दा उपयुक्त विन्दु नेपालगन्ज प्रवेश विन्दु नै हो ।

यसैगरी सिमरा विन्दुको तुलनामा भैरहवा विन्दुबाट प्रवेश पाउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थ आउने जहाजका लागि एक सय ६५ नर्टिकल माइल र पोखरा आउने जहाजका लागि एक सय नर्टिकल माइल दूरी कम पर्छ । जनकपुरको विकल्पमा विराटनगर प्रवेश विन्दु पनि नेपालका लागि सहजहुन सक्छ ।


क्लिकमान्डु