एभरेष्ट बैंकको ८०औं शाखा कावासोतीमा




काठमाडौं । एभरेष्ट बैंकले नवलपुरको कावासोतीको शाखाको औपचारिक उद्घाटन गरेको छ ।

नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले कावासोती शाखाको संयुक्त उद्घाट गरेका हुन् ।

बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु