ओमको शाखा कावासोती र बर्दघाटमा



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले नवलपरासीको कावासोती र बर्दघाटको शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै शाखा तथा एटिएमको उद्घाटन गरे ।

बिहिबार नैे बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले गरेका छन् । दिपज्योती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको समेत बसेले घोषणा गरेका छन् ।

बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । बैंकले ५२ वटा शाखा र ११ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गरिहेको छ ।


क्लिकमान्डु