गण्डकी विकास बैंकले सवा १९ प्रतिश बोनस सेयर दिने




काठमाडौं । गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आर्थिक बर्ष २०७३/७४ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १९.३१ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्याय राष्ट्र बैंकका स्वीकृत भएको हो ।

प्रस्तावित बोनस सेयर बैंकको अब बस्ने बार्षिक साधारणबाट पारित भएपछि लागु हुनेछ । बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड पुग्नेछ । राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकको न्युनतम चुक्ता पूँजी २ अर्व ५० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको छ ।

बैंकले ५१ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले थप २६ वटा शाखा संचालनका लागि राष्ट्र बैंकबाट स्वीकृति लिएको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु