राष्ट्रिय वाणिज्य बैंक र संस्कृत विश्वविद्यालयबीच पेन्सन सम्झौता




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्नेसम्झौता भएको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप कुलपति प्रा.डा कुलप्रसाद कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने र भविष्यमा थप प्राध्यापक तथा कर्मचारीहरु समेत यो सम्झौताबाट लाभान्वित हुने विश्वास लिइएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत माहानुभावहरुलाई बैंकले आफ्ना आधुनिक बैंकिङ सेवाहरु प्रदान गराउंदै जाने बताए ।
बैंकले १८१ वटा शाखा र १२४ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु