पेट्रोलियम पदार्थको मूल्य बृद्धि, साढे २ वर्ष यताकै महंगो



काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य साढे २ वर्ष यताकै उच्च मुल्यमा पुगेको छ ।

आयल निगमले १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएपछि यसको मुल्य पछिल्लो २ वर्षकै उच्च मुल्यमा पुगेको हो ।

नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ ।

पछिल्लो समय २०७२ साल साउनमा पेट्रोलको १०६ रुपैयाँ डिजेल र मट्टितेलको ८४ रुपैयाँ थियो । त्यसपछि त्यो मुल्यमा पेट्रोलियम पदार्थको भाउँ पुगेको थिएन ।

निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको छ ।

पेट्रोलियम पदार्थमा जसमा डिजेलको मुल्य बढ्दा यसको असर भने बजार मुल्यमा पर्ने गर्छ ।
राससको सहयोगमा


क्लिकमान्डु