नेप्से ३.२८ अंकले घट्यो, २० करोडको कारोबार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२८ अंकले घटेको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा ११९२ .९६ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ५६ कम्पनीका १० लाख ७० हजार १ सय ९२ कित्ता सेयर खरिद विक्री भएको छ । नेप्सेमा २० करोड ५९ लाख ३९ हजार ३ सय रुपैयाँको कारोबार भएको छ ।

वित्तीय समूह ३.४७ अंकले कमाई गरेको छ ।

विकाश बैंक समूह ३.६४, बीमा समूह २३.५८, माइक्रो फाइनान्स ५.२६, होटल समूह १६.५४, बैंकिङ समूह १.९६, जलविद्युत समूह ६.२४, उत्पादनमूलक समूह ३३.४८ र अन्य समूह ०.६ अंकले घटेका हुन् ।

स्वदेशी लघुविद्युत वित्तीय संस्थाका लगानीकर्ताले ८.८९ प्रतिशतले कमाइ गरेका छन् ।

ग्लोबल आइएमई समउन्नती स्किम १ का लगानीकर्ताले ६.६८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु