२०७५ सालमा यस्तो छ बिदाको सूचि



काठमाडौं । सरकारले २०७५ सालमा बिदामा कटौती गरेको छ । केहीदिन अगाडि मन्त्रीपरिषद्को बैठकले विभिन्न धार्मिक समुदाय र दिवसको नाममा दिने बिदालाई कटौती गरेको छ ।

राजपत्रमा बिदाको सूचि प्रकाशित भएको छ ।

राजपत्रमा प्रकाशित सूचि अनुसार २०७५ सालमा शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा हुनेछ । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय दिवसको बिदा हुने छ ।

मजदुर र अन्तराष्ट्रिय महिला दिवसमा पनि देशभर बिदा हुने छ ।
जयन्ती मा बुद्ध जयन्तीमा देशभर बिदा छ ।

नेपालीको ठूलो चाड दशैंको बिदा सरकारले यो पटक कटौती गरेको छ । दशैंको फुलपातीको दिनदेखि एकादशीको दिनसम्म बिदा छ । सो आधारमा दशैं बिदा असोज ३० देखि कात्तिक ३ सम्म रहेको छ ।

तिहारको बिदा विगतजस्तै ३ दिनको लागि छ । आगामी वर्ष कात्तिक २१ देखि २३ सम्म तिहारको बिदा छ ।

काठमाडौं उपत्यकामा भने ४ वटा बिदा थप छ । विभिन्न धर्म मान्नेहरुको लागि उनीहरुको चाडको दिन उनीहरुलाई मात्र बिदा हुने छ ।

बिदाको सूचि हेर्न यहा क्लिक गर्नुहोस्


क्लिकमान्डु