एलजी ब्राण्डको नयाँवर्ष योजना बजारमा



काठमाडौं । एलजी ब्राण्डले नयाँवर्ष २०७५ को अवसरमाशुभआगमन २०७५ लाई एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई भन्ने मुल नाराका साथ आफ्नो योजना बजारमा ल्याएको छ ।

एलजीका हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहारहरुका साथै ग्राहक महानुभावहरुको जीवनमा नयाँ उत्साहजनक प्रत्याभुती दिलाउनु यस योजनाको मुख्य उद्देश्य रहेको छ ।

एलजी होम इन्टरटेनमेन्ट अफर अन्तर्गत ४ वर्षे वारेन्टी ३० प्रतिशत सँगै ५५ इन्चभन्दा माथिको एलइडी सुपरएचडी टिभीको खरिदमा एलएच ६४ होम अडियो प्राप्त गर्न सकिने छ । सार्थ नर्भर र स्मार्ट टिभीको खरिदमा ४ वर्षको वारेण्टी प्राप्तगर्न सकिनेछ ।

ग्राहकले एलजीको होम एप्लाइन्स अफर अन्तर्गत साइड बाइ साइड रेफ्रिजेटरको खरिदमा १८९९० पनेृ एलजी भ्याकुम क्लिन प्राप्त गर्ने छन् ।
डबल डोर रेफ्रिजेटरको खरिदमा ६३२० पर्ने केन्टको पिजा र अमलेट मेकर,सिंगल डोर रेफ्रिजेटरको खरिदमा ८५० पर्ने पिजिओनको आइरन तथा फ्रन्ट लोड बासिङ मेसिनको खरिदमा ५६९० पर्ने केन्टको २० लिटरकोे वाटर प्युरिफाइद गोल्ड प्लस,टप लोड मेसिनको खरिदमा १५९० पर्ने सिजीको राइस कुकर लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो योजना चैत १९ देखि सिमित अवधीको लागि लागु हुने छ ।


क्लिकमान्डु