गोदरेजको नयाँ वर्ष योजना



काठमाडौं । विश्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात गोदरेज ब्राण्डले नेपाली नयाँ वर्ष २०७५ लाई लक्षित गरी क्यास ब्याक तथा एक्सिटिङ गिफ्ट अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले गोदरेजको एसडी रेफ्रिजेटरहरुम ५ हजारसम्म क्यास ब्याक रहेको छ ।

डबल डोर रेफ्रिजेटरमा सिजीको ग्रिन्डर तथा वासिङ मेसिनमा सिजीको स्प्रे आइरन तथा माइक्रोओभनमा कुकिङ किट तथा एयर कन्डिसनमा निशुल्क इन्स्टलमेन्ट पाउने कम्पनीले जनाएको छ ।

विगत ६० वर्षको इतिहास बोकेको गोदरेज ब्राण्डले आफ्नो रेफ्रिजेटरको कम्प्रेसरमा १० वर्षसम्मको वारेन्टी प्रदान गरेको छ ।

नेपालका लागि गोदरेज ब्राण्डको अधिकारीक विक्रेता चौधरी गु्रप अन्तर्गत इओल प्रालि हो ।


क्लिकमान्डु