आशा लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । आशा लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । लघुवित्तको साधारण सभाले १ः१ हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी २० करोड रुपैयाँ पुग्नेछ । लुघुवित्तले १ अर्ब १ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बचत १८ करोड २ लाख ९५ हजार रुपैयाँ छ ।

लघुवित्तले २३ जिल्लाका ३६ वटा शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु