एनआईसी एशिया बैंककोे इलामको गोदकमा शाखारहित बैंकिङ सेवा




काठमाडौं । एनआईसी एशिया बैंकले इलाममा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । बैंकले शुक्रबार घट्टाबजार, गोदक, इलाममा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

इलाम नगरपालिका, वडा नम्बर १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले शाखाको उद्घाटन गरेका हुन् । शाखाको प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई बैंकले नियुक्त गरेको छ ।

बैंकको १८७ शाखा, १९० एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट संचालनमा छन् ।


क्लिकमान्डु