श्वेतपत्र जारी गर्दै अर्थमन्त्रीले भनेः जथाभाबी कर छुट दिइयो




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्ववर्ति सरकारले जथाभावी कर छुट दिएको बताएका छन् । नेपाली काँग्रेस नेतृत्वको सरकारको पालामा कर फछ्र्योट आयोग मार्फत कर छुट दिइएको बिषयप्रति इगित गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले संसदमा देशको आर्थिक अबस्था बारे स्वेतपत्र जारी गर्दै देशको ढुकटी रित्तिने अबस्थामा पुगेको पनि बताए । बजेट अनुशासन पालना नहुदा ढुकुटीको अबस्था यस्तो भएको उनको भनाइ छ ।

‘नेपालको अर्थतन्त्र निकै चुनौतिपूर्ण छ, समग्र परिसुचक सकारात्मक छैनन्, अनौपचारिक अर्थतन्त्र मौलाएकोले राजस्व परिचालन राम्रो छैन, बाह्य क्षेत्रको धान्नै नसक्ने बृद्धि भएका कारण समग्र शोधनान्तर अबस्था ऋणात्मक भएको छ,’ उनले भने ।

यस्तै उनले आन्तरिक पुजी बजार भरोसायोग्य नभएको विरतणमुखी कार्यक्रममा होडबाजी बढेको र स्थापित प्रणाली र मान्यता विपरित कर छुट दिइएको बताए ।


क्लिकमान्डु