प्रभु बैंकले खोल्यो बागलुङको बडिगाडमा शाखा



काठमाडौं । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमारहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामाशाखाकार्यालय आजदेखि सञ्चालनमाल्याएको छ ।

बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघकापदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमाआएकोबैंककोवडिगाड शाखाकार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने रगाउँपालिकाको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु