चिया बेचेर अर्बपति



भारतमा चिया जहिलेपनि चर्चित हुन्छ ।

अझै नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि चियाको चर्चा अत्याधिक छ । कुनैबेला मोदीले चिया बेच्ने गरेको हुँदा एउटा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री बनेको चर्चा सन् २०१४ देखि छ ।

चिया नेपालमा पनि अत्याधिक पिइने पदार्थमा पर्छ । चिया बेचेर अर्बपति बनेको व्यक्तिको बारेमा भने तपाईले सुन्नु भएको छैन होला । अमेरिकन महिलालाई चिया बेच्ने आइडिया भने भारत भ्रमणपछि आएको थियो ।
अमेरिकाकी महिला ब्रुक एडी सन् २००२ मा घुम्नको लागि भारत आएकी थिइन् ।

उनले त्यो बेला भारतको गाउँहरुको भ्रमण गरेकी थिइन् । त्यहाँ उनले चियाको गजबको क्रेज देखिन् । अमेरिकाको एक वेवसाइटका अनुसार ब्रक एडीलाई भारतको चिया मन पर्यो यहीबाट उनलाई चियाको व्यवसाय गर्ने आइडिया क्लिक भयो ।

उनले एक अन्तरर्वार्तामा बताए अनुसार अमेरिका कोलोराडोमा गएपछि चियाको व्यवसाय गर्ने काम सुरु गरेकी थिइन् ।

उनले सन् २००७ मा ‘भक्ति चिया’नामबाट व्यवसाय सुरु गरेकी थिइन् । उनले सुरुवाती दिनमा बनाएको चियाको स्वात भने भारतको जस्तो थिएन । तर,केही दिनमा अमेरिकनहरु भक्ति चियाको पारखी नै बने ।

एकवर्षपछि भक्ति चियाले आफ्नो वेवसाइट लन्च गर्यो । एडी जुम्लाय बच्चाकी आमा हुन् ।

भक्ति चियाबाट एडीले करोडौ डलर कमाउन सफल भइन् । पछिल्लो वर्षमा उनले करिब ३ करोड अमेरिकी डलर कमाइन् । यो वर्ष ७ करोड अमेरिकी डलरको चियाको व्यवसाय गर्ने लक्ष्य उनको कम्पनीले राखेको छ ।


क्लिकमान्डु