माछापुच्छे बैंकको एमथ्री प्लस बजारमा, मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने



काठमाडौं । माछापुच्छे बैंकले अत्याधुनिक सुबिधा सहितको एमबीएल मोबाइल मनी (एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बंैकिङ सुविधा प्रदान गर्ने उदेश्यले ‘हातमा नै बैंक’ भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग एमथ्री प्लस सुरु गरेको जानकारी दिएको छ ।

यो इन्टरनेट/जीपीआरएसमा आधारित सेवा हो । ग्राहकद्वारा आफै मोबाईलबाट मुद्दती खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने लगायतका रहेको बैंकले जनाएको छ ।

साथै यसको प्रयोगबाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सक्ने छन् । विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने । सि–आस्वा भर्ने सुविधा तथा यो बैंकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ ।

बैंकको ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।


क्लिकमान्डु