केकेएफसी रेष्टुरेन्टले नयाँ बर्षमा १५ प्रतिशत छुट दिने




काठमाडौं । क्रिस्पी, क्रन्ची चिकेन पाइने रेष्टुरेन्ट (केकेएफसी) ले नयाँ वर्ष २०७५ को अवसरमा विशेष छुटको अफर ल्याएको छ । चैत १५ देखि आगामी वैशाख १५ गतेसम्म हरेक बिलमा १५ प्रतिशत छुट (क्यास ब्याक) को अफर राखिएको केकेएफसीले जानकारी दिएको छ ।

केकेएफसी संचालनमा आएको पाँच महिनामै लोकप्रीय ब्रान्डको रुपमा स्थापित भएको छ । न्युरोडको पिलुल्स प्लाजामा रहेको केकेएफसी यस्तो रेष्टुरेन्ट हो जहाँ रोबोटले खानाको अर्डर लिने र बोटले नै टेबुलमा खाना ल्याएर दिने व्यवस्था गरिएको छ । यस किसिमको रेष्टुरेन्ट नेपालकै पहिलो हो ।

विगत एक दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक गरेको केकेएफसी रेष्टुरेन्टले फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किदै आएको छ ।

साहका तीन दाजुभाइहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो । अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट सञ्चालनमा आइसके पनि नेपालको लागि भने यो पहिलो र नौलो हो ।

ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नयाँ अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याएको साहले बताए ।
रेष्टुरेन्टले हाल दिनको २ लाखसम्मको व्यापार गरिरहेको छ । अब चाडै नै पुरानोबानेश्वरमा शाखा विस्तार गर्ने संचालक साहले जानकारी दिए ।


क्लिकमान्डु