साताको अन्तिम दिन नेप्सेमा हरियाली, परिसूचक दोहोरो अंकले बढ्यो



काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक १५.४८ अंकले बढेको छ ।

नेप्से परिसूचक १.२८ प्रतिशतले बढ्दा१,२२०.२९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा आज १६४ कम्पनीले कारोबार गरेका छन् । १४ लाख २७ हजार ९ सय ८१ कित्ताको किनबेच हुँदा ३८ करोड ७१ लाख ७८ हजार ४०१ रुपैंयाको कारोबार भएको छ ।

बैंक १५.७२ , होटल ८.०६ , विकास बैंक २०.४५, जलविद्युत ४१.६ , वित्तीय ५.६७, बिमा समूह ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्स १९.९९ अङ्कले बढेका छन् ।

ट्रेडीङ समूह ३.०४ र अन्य ०.०३ अङ्कले घट्ेका छन् ।

सेयर कारोबारमा यो हप्ता तीव्र उतारचढाव देखिएको छ । सोमबार सर्किट ब्रेक लागेर करिब ५२ अंकले परिसूचक घटेको छ । त्यसपछि बढ्ने घट्ने क्रममा सेयर बजार रहेको छ ।


क्लिकमान्डु