कांग्रेस प्रवक्ता शर्मा भन्छन् : सेयर बजार ओरालो लाग्नु दुःखद



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सेयर बजार ओरालो लाग्नु दुःखद भएको बताएका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटटरमा ट्ीइट गर्दै शर्माले तुलनात्मक रुपले सहज राजनैतिक वातावरण मुलुकमा विकसित भएका बेला शेयर मार्केट ओरालो लाग्नु दुस्खद विषय भएको बताए ।

उनले अर्थतन्त्रको गति मापन गर्ने पल्सको अवस्थाप्रती गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । समृद्धिको नारा र बजारको अवस्था बीच तादाम्यता खोज्न गम्भीरता नहुनु सुखद संकेत नभएको उनको भनाई छ ।


क्लिकमान्डु