बुद्ध एयरको धनगढीमा थप एक उडान



काठमाडौं । बुद्ध एयरले २२ चैत प्रदेश ७ को राजधानी धनगढीमा काठमाडौंबाट थप एक उडान गर्न लागेको छ ।

काठमाडौंबाट बिहान ७ र साँझ ५ बजे उडान हुनेछ । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा स्याटेलाईट प्रणाली बाट, कम भिजिविलिटी तथा रात्रिकालिन उडानको बुध्द एयरले सफल परीक्षण गरिसकेको छ ।

यो विधि अन्तर्राष्ट्रिय स्तर अनुरूप सुरक्षाका सम्पूर्ण दृष्टिले विश्वासिलो प्रमाणित भइसकेको छ ।

स्याटेलाईट प्रणालीबाट उडान भर्दा मात्र १७०० मिटरको भिजिविलिटी र अन्य मौसम तथा रात्रिकालिन उडान पनि सजिलै हुने हुँदा धनगढीलाई थप उडानबाट जोडिन लागिएको कम्पनीले जनाएको छ । यसअघि खराब मौसम र एयर ट्राफिकका कारण उडानमा ढिलाई र रद्दसमेत हुने गरेको थियो ।

थप उडानबाट यात्रुहरूले उही दिन धनगढी–काठमाडौं ओहोरदोहोर गर्न सजिलो हुनुको साथै सिमापारी नैनिताल, हरिद्वार, ऋषिकेश,देहरादून तथा अन्य स्थानहरूमा पनि आवतजावत गर्न सजिलो हुने विश्वास एयरले लिएको छ ।


क्लिकमान्डु