महालक्ष्मी विकास बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । महालक्ष्मी विकास बैंकले दिन लागेको ९ प्रतिशत नगद लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

बैंकको साधारणसभामा प्रस्तुत गरेपछि सेयरधनीले नगद लाभांश पाउने छन् ।
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ६३ करोड रहेको छ ।

फागुन मसान्तसम्ममा बैंकले २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेर २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा दिएको छ ।

बैंकको ७१ वटा शाखा कार्यालय रहेको छ भने एटिएम संख्या ३५ रहेको छ ।


क्लिकमान्डु