फोब्र्सको प्रभावशालीको सूचिमा दुईजना नेपाली महिला



काठमाडौं । फोब्र्स म्यागेजिनले तयार परेको एशियाका ३० वर्ष मुनीका प्रभावशालीको सूचिमा नेपालबाट दुईजना महिना पर्न सफल भएका छन् ।

फोब्र्सले प्रकाशित गरेको ‘थर्टी अन्डर थर्टी एसिया’ सूचीमा आयुषी केसी र कञ्चन अमात्य प्रभावशाली सामाजिक उद्यमीका रूपमा सूचीकृत भएका हुन्।
खालीसिसी व्यवस्थापन प्रालि (खालीसिसी डट कम) की संस्थापक एवं मुख्य कार्यकारी अधिकृत आयुषीले नेपालको खालीसिसी तथा अन्य फोहोर संकलन प्रक्रियालाई ‘डिजिटल प्ल्याटफर्म’ दिने काम गरेकी छन्।

सूचीमा परेकी कञ्चन अमात्य ‘दिगो मत्स्य खेती अभियान’ की अभियन्ता हुन्। दुर्गम क्षेत्रका महिलालाई प्रविधि र तालिमसँगै आर्थिक स्रोत साधन जुटाइदिएर आफ्नै लघु उद्यम सञ्चालन गर्न सक्षम बनाउनु अमात्यको अभियानको उद्देश्य छ।

अमात्य यूएन वुमनकी ‘ग्लोबल च्याम्पियन फर वुमन इकोनोमिक इम्पावरमेन्ट’ हुन्।


क्लिकमान्डु