माछापुच्छे बैंकद्वारा खाना तथा कपडा वितरण



काठमाडौं । माछापुच्छे बैंकले निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढीमा खाना तथा कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बुधबार विद्यापिठमा खाना तथा कपडा वितरण गरेको हो ।

विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंकको धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूल वितरण गरेको जानकारी दिएको छ ।

बैंकको ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बंैकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको ८६ वटा एटीएम मेसिन संचालनमा छ ।


क्लिकमान्डु