स्थानीय तहमा शाखा नखोल्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा खोल्नुपर्ने शाखाको विषयमा सिमा तोकेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन जारी गर्दै पहिलो चरणमा २४३ स्थानमा बैशाख मसान्तभित्रमा र दोस्रो चरणमा असार मसान्तभित्रमा ११६ वटा स्थानीय तहमा शाखा खोल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि नै बैंकहरु कुन स्थानीय तहमा शाखा खोल्ने विषयमा सहमत भएका छन् । बैंकको शाखा नभएका स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकले सहुलियत समेत दिने व्यवस्था छ ।

पूर्व प्रतिबद्धता अनुसार कुन स्थानीय तहमा कुन बैंकले शाखा खोल्ने भएका हुन् यी सबैमा शाखा खोल्ने सिमा तोकिएको हो ।

राष्ट्र बैंकले तोकिएको समय भित्रमा शाखा नखोल्ने वाणिज्य बैंकलाई कारवाही गर्ने जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्ममा ३५६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा थपिने भएको छ ।


क्लिकमान्डु