दिनभरको लुकामारीपछि नेप्से परिसूचक अन्तिममा २.९ अंकले घट्यो



काठमाडौं । दिनभरको लुकामारीपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.९ अंकले घटेको छ ।

दिनभर नेप्सेमा आज तीव्र उतारचढाव देखिएको छ । कहिले बढ्ने कहिले घट्ने ट्रेण्ड नेप्सेले देखाएको छ ।

खासगरी सरकारले आज स्वेतपत्र जारी गर्ने र त्यसमा पुँजी बजार सम्बोधन हुने अपेक्षा लगानीकर्ता गरेका छन् । सेयर बजारमा आज ५१ करोड रुपैयाँको कारोबार भएको छ । १६२ कम्पनीको सेयर किनबेच भएको छ ।

नेप्सेमा सबैभन्दा बढी युनिलिभरको २ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल बैंकको २ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु