शिवम सिमेन्टले ल्याउने भयो ५२ करोडको आइपिओ



काठमाडौं । शिवम सिमेन्टले ५२ करोड रुपैयाँको सार्वजनिक सेयर निष्कासन गर्न आवेदन दिएको छ ।

सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्राउने प्रयास भइरहेको समयमा शिवम सिमेन्टले आइपिओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

बोर्डमा शिवम सिमेन्टले दिएको निवेदनमा ५२ लाख ८० हजार कित्ता साधारणस सेयर जारी गर्न अनुमति मागेको उल्लेख छ ।

जसमा ८ लाख ८० हजार कित्ता सेयर सिमेन्ट उद्योगको स्थानीयको लागि छुट्टाइएको छ ।

शिवम सिमेन्ट पछिल्लो समय सिमेन्ट बजारमा आक्रमक रुपमा लगानी गरेको छ । चिनियाँ लगानीपनि भित्राएको छ ।

पछिल्लो समय नेपालमा उद्योगमा फस्टाएको क्षेत्र सिमेन्ट नै । अन्य सिमेन्ट कम्पनीले पनि आइपिओ ल्याउने तयारी गरेका छन् ।


क्लिकमान्डु