नेपाल लाइफको बोनसपछि कतिमा भयो मुल्य समायोजन



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरपछि सेयर मुल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा प्रतिकित्ता १११६ रुपैयाँको दरले यसको मुल्य समायोजन भएको हो । यसको औसत मुल्य भने १६९९ रहेको छ ।

नेपाल लाइफले ४२ प्रतिशत बोनस सेयर तथा २८.५३ प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीले चैत २८ गते साधारणसभा बोलाएको छ ।


क्लिकमान्डु