बुटवल पावरको एफपिओ नपाउने भाग्यमानी ७५८ आवेदक



काठमाडौं । कुनैपनि कम्पनीको सेयर नपाउनुलाई भाग्यमानी भन्नु नमिल्ने हो ।

तर,बुटवल पावर कम्पनीले जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) नपाउने ७२९ जना आवेदक भने भाग्यमानी भएका छन् ।

प्रतिकित्ता ५०१ को दरले जारी गरेको बिबिसीको एफपिओ यसको सेयर सूचिकृत नहुँदै त्योभन्दा कम मुल्यमा झरेको छ ।

एफपिओपनि बिक्री भएन । बिबिसीले निष्कासन गरेर एफपिओ बाँडफाँड भएको छ । करिब ४१ लाख कित्ता एफपिओ बाँडफाँड भएको हो ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार बुटवल पावरको एफपिओमा ८५ हजार ६१४ जना आवेदकले २९ लाख दुई हजार २७६ कित्ता एफपिओ माग गरेका थिए ।

एफपिओमा आवेदन गरेकामध्ये ७५८ जनाले माग गरेको ४३ हजार १०६ कित्ताको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

कुल सदर ८४ हजार ८०४ जना आवेदकले माग गरे बमोजिम नै २८ लाख ५९ हजार १७० कित्ता एफपिओ बाँडफाँड गरिएको हो ।

५२ आवेदकले भने एफपिओको मूल्य घटेपछि रद्द गराएका थिए । यसरी २१ हजार ३२० कित्ता एफपिओ रद्द भएको देखिन्छ ।

त्यसैगरि ६७७ जना आवेदकले गलत हितग्राही खाता नम्बर उल्लेख गरि आवेदन गरेका कारण १८ हजार ९८० कित्ता आवेदन रद्ध भएको छ ।

१० कित्ताको गुणाङ्कमा माग आवेदन नगरेका कारण २९ जना आवेदकले पनि सेयर प्राप्त गर्न सकेनन् । उनीहरुले दुई हजार ८०६ कित्ताका लागि माग गरेका थिए ।

आवेदकलाई बाँडफाँड गरि बाँकी रहेको १२ लाख २१ हजार ८३० कित्ता भने प्रत्याभूतिकर्ता कम्पनीहरुले खरिद गरेका छन् ।


क्लिकमान्डु