७० हजार युवाले बुझाए इपीएस भाषा परिक्षा शुल्क



काठमाडौं । ७० हजार ३ सय ५५ युवाले इपीएस भाषा परिक्षाको शुल्क बुझाएका छन् । १३ गते बेलुकासम्ममा ७० हजार ३ सय ५५ जना युवाले इपीएस भाषा परिक्षामा सहभागी हुनका लागि ग्लोबल आइएमी बैंक माफत् पैसा बुझाएका हुन् ।

भाषा परिक्षाका लागि प्रति व्यक्ति २४ अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ ।
चैत ८ गतेदेखि खुल्ला गरिएको अनलाईन आवेदनको अन्तिम मिती चैत १७ गतेसम्म छ ।

इपीएस शाखाका अनुसार बुधबार १० बजेसम्ममा ६६ हजार ४ सय ६० जनाले अनलाईन मार्फत फारम भरेका छन् ।

सन् २०१९ का इपीइस भाषा परिक्षा माफत् १० हजार १ सय युवा रोजगारीका लागि कोरिया जान पाउने छन् । यसरी जान पाउनेहरुमा उत्पादनमुलक क्षेत्रमा काम गर्ने गरी ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ सय जनाको सिलिङ तोकेको छ ।

अनलाइन आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भएको र ३९ बर्ष ननाघेको हुनुपर्छ । आवेदन दिँदा इमेल आइडी र फोन नम्बर अनिर्वाय हुनुपर्छ भने एमआपी पासपोर्ट र फोटो समेत स्क्यान गरेर आवेदनसँगै पेश गर्नुपर्छ ।

भाषा परीक्षा जेठको अन्तिम साता अर्थात २६ र २७ गते हुनेछ । परीक्षा सेन्टर काठमाडौं र पोखरा तोकिएको छ । पोखरामा १२ हजार मात्रै सहभागी हुन पाउनेछन् ।

 

 

 

 


क्लिकमान्डु