सोल्टी होटेलका मालिक प्रभाकरशमशेर राणाले फेरि नयाँ होटेल बनाउने




काठमाडौं । काठमाडौंको कालिमाटीमा ५१ वर्षदेखि सञ्चालनमा रहेको पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका मालिक प्रभाकरशमशेर राणाले फेरि नयाँ होटेल निर्माण गर्ने भएका छन् । राणाले नयाँ होटेल निर्माणका लागि उद्योग विभागबाट स्वीकृति समेत लिइसेका छन् ।

राणाले फेरि काठमाडौंमै पाँच अर्ब ४१ करोड ७० लाख लगानीमा नयाँ सुविधासम्पन्न तारे होटेल बनाउन लागेका हुन । सिप्रभ्य होटल्स एन्ड रिसोटर््स प्रालिको नाममा निर्माण हुने होटेलमा १६० बेड रुमसहित एक सय २५ जना अट्ने क्षमताको रेस्टुरेन्ट सञ्चालनान आउन लागेको हो । पर्यटक आगमन बढ्दै जाँदा नेपालमा होटेल व्यवसायीमा लगानी विस्तार हुँदैछ ।

व्यवसायीहरुले राजनीतिक अस्थिरताको अन्त्यसँग देश विकासले विकास निर्माणको बाटोमा लय लिने आशासहित होटेलमा लगानी विस्तारमा प्रतिस्पर्धा गर्न थालेका छन् । उपत्यकाका अहिले शेराटन, हिल्टन लगायतको तारे होटेलको निर्माण पनि तीब्र गतिमा भइरहेको छ ।

राणासँगै गौरव अग्रवालले पनि ७० करोड रुपैयाँ लगानीमा नयाँ तारे होटेल निर्माणका लागि उद्योग विभागबाट अनुमति लिएका छन् । अग्रवालले पनि नयाँ तारे होटेल काठमाडौमा ७० करोड रुपैयाँको लगानीमा निर्माणका लागि उद्योग विभागबाट स्वीकृति लिएका छन् । अग्रवालले एक सय ५० वेड रुमसहितको इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटल प्रालि निर्माण गर्न लागेका छन् । होटेलमा ७५ जना अट्ने क्षमताको रेस्टुरेन्ट पनि निर्माण हुने बताइएको छ ।

यसैगरी प्रभु म्यानेजमेन्ट प्रालिले पनि काठमाडौंमै एक अर्ब २८ करोड ८६ लाख ५० हजार रुपैयाँको लगानीमा हिमालय होटल एन्ड सुइट्स होटल निर्माण गर्ने गरी उद्योग विभागबाट स्वीकृति लिएको छ । होटेलमा एक सय ४० वटा बेड रुमसहित ५० सीट क्षमताको रेस्टुरेन्ट रहने छ ।

उपत्याका बाहिर रुपन्देहीमा पनि एक अर्ब ६१ करोड रुपैयाँको लगानीमा नयाँ तारे होटेल निर्माणका लागि उद्योग विभाग स्वीकृति जारी भएको छ । लुम्बिनी एक्युजमेन्ट एन्ड वाटर पार्कको नामा निर्माण हुने होटलमा सौगात घिमिरेको लगानी रहेनेछ ।

होटेलमा ५० वटा वेड रुम सहित एक सय जना अट्ने सक्ने क्षमताको रेष्टुरेन्टको संरचना पनि निर्माण हुनेगरी उद्योग विभागबाट घिमिरेले स्वीकृति लिएका छन् । साथै होटेलका ११ सय जना अट्ने क्षमताको एम्युजमेन्ट पार्क समेत निर्माण हुनेछ । साथै पर्यटकीय नगरी ललितपुरमा पनि १ अर्ब ५ करोड रुपैयाँको लगानीमा नयाँ होटेल निर्माणका लागि सीजी हस्पिटालिटी होल्डिङ्स प्रालिले उद्योग विभागबाट स्वीकृति लिएको छ ।

आर एन्ड आर होटेल एन्ड रिर्साट नाममा निर्माण हुने होटेलमा १ सय ४४ बेड रुमसहित तीन सय जना अट्न सक्ने क्ष्मताको रेष्टुरेन्ट निर्माण गर्ने गरी विभागबाट स्वीकृति लिइएको छ । सबै गरी पाँचवटा तारे होटलमा १० अर्ब ६ करोड ५६ लाख लगानी हुन लागेको हो । उद्योग विभागले पछिल्लो आठ महिनामा पाँचवटै होटलको लगानी स्वीकृत गरिसकेको छ ।


क्लिकमान्डु