यूएईले गर्यो नेपाली कामदारमाथि विभेद, सँगै लागू गरेको निर्णय ८ देशमा खारेज




काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालबाट रोजगारीका लागि जाने कामदारमाथि विभेद गरेको छ ।

रोजगारीका लागि नेपालबाट यूएई जाने कामदारले प्रतिब्यक्ति ४ हजार ५ सय रुपैयाँ खर्च गर्र्र्दै प्रहरी रिपोर्ट पेस गर्नुपर्ने अवस्था छ । यस्तो ब्यवस्था यूएइले गत फेब्रुअरी १ देखि नेपाल सहित दर्जनभन्दा बढी देशबाट रोजगारीका लागि जाने कामदारमा लागू गरेको थियो ।

तर, मंगलबार मात्रै भारतसहित ८ देशबाट जाने कामदारले प्रहरी रिपोर्ट बुझाउनु पर्ने नियम खारेज गरिए पनि नेपाली कामदारले भने बुझाउनै पर्नेछ ।

कामदार माथि आर्थिक भार थपिएको भन्दै अन्य देशले कुटनीतिक माध्यमबाट यस्तो ब्यवस्था खारेजीको पहल गरेका थिए । कुटनीतिक नियोगको पहलमा मार्च २७ देखि लागू हुने गरी भारत सहितका ८ देशबाट रोजगारीका लागि यूएई जाने कामदारले प्रहरी रिपोट बुझाउनु नपर्ने भएको छ ।

रोजगारीमा यूएई जाने कामदारले ४५ सय रुपैयाँ बुझाएपछि प्रहरीले बनाइदिएको रिपोर्ट ट्राभल कम्पनीबाट प्रमाणित गरिराउनु पर्ने बाध्यता छ ।

यूएईमा रहेको नेपाली दुतावासको कमजोरीका कारण नयाँ निमय अन्य देशमा खारेज भएपनि नेपाली कामदारका लागि भने निरन्तरता दिएको म्यानपावर व्यवसायीको आरोप छ । भारत, श्रीलंका इन्डोनेसिया, इजिप्ट, सेनेगल, नाइजेरिया र ट्युनिसियाका कामदारले युएइ प्रवेशका लागि अब प्रहरी रिपोर्ट बनाउन नपर्ने युएइ सरकारले जनाएको स्थानीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरी रिपोर्टलाई सम्बन्धित देशको राजदुतावासबाट प्रमाणिकरण गर्नुपर्ने भए पनि पछिल्लो समय २ वटा निजी कम्पनीलाई त्यसको जिम्मा दिइएको छ । अहिले मासिक नेपालबाट ४ हजारको हाराहारीमा युवा रोजगारीका लागि यूएई जाने गरेको छन् ।

यस विषयमा श्रम तथा रोजगा मन्त्री गोकर्ण विष्टले पराराष्ट्र मन्त्रालय मार्फत बुधबार नै छलफल गर्ने भएका छन् । यूएईमा रहेको कुटनीतिक नियोगका कर्मचारीसँग पनि मन्त्री विष्टले यस बिषयमा सोधपुछ गर्ने बताए ।


क्लिकमान्डु