अर्थमन्त्रीले अनुत्पादक भनेपछि सेयर बजारमा त्रास देखियो : नेपाली कांग्रेस



काठमाडौं । मंगलबार सेयर बजार ३९.१६ अंकले बढ्यो । तर,सेयर बजार बढ्छ भन्नेमा अझैपनि लगानीकर्ता विस्वस्त छैनन् ।

राष्ट्रियसभामा सेयर बजार घटेको विषयले प्रवेश पाएको छ । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद् राधेश्याम अधिकारीले सेयर बजारको विषय संसद्मा उठाएका हुन् ।

राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा जनता खर्बै रकम डुबेको र अर्थमन्त्रीका अभिव्यक्तिले सेयर बजार घटेको बताका हुन् ।

उनले सेयर बजारलाई अर्थमन्त्रीले अनुत्पादक भनेपछि घटेको भन्दै यसले लगानीकर्तामा त्रास फैलाउने काम गरेको अधिकारीको भनाई छ ।


क्लिकमान्डु