एनएमबि बैकले आइएफसीसँग गर्यो ऋण सम्झौता



काठमाडौं ।  एनएमबि बैक लिमिटेडले बिश्व बैकको सदस्य संस्था अन्तराष्ट्रिय वित्त निगम(आइएफसी)सँग ऋण सम्झौता गरेको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झैतापत्र हस्तान्तरण गरेका छन् ।

नेपाल राष्ट्र बैकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झैताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस ऋणलाई साना तथा मझैला ब्यावसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।


क्लिकमान्डु