नयाँ लगानीकर्ता थपिएपछि नेप्से ब्याउन्सब्याक




काठमाडौं । केही सातादेखि लगातार घटेको सेयर बजारमा मंगलबार एकाएक बाउन्सब्याक भएको छ । बजार खुलेदेखि नै घट्न थालेको बजार केही घण्टामा नै करिब ३५ अंकले घटेर ३९ अंकले बढेर बन्द भएको छ ।

बजारमा केही नयाँ लगानीकर्ता भित्रिएको कारण बजार बढेको बताइएको छ । यस्तै अर्थमन्त्रालयले तयार पार्दै गरेको स्वेत पत्रमा पनि पुँजी बजारका समस्यालाई सम्बोधन गर्ने हल्ला चलेपछि बजार बढेको हो ।

मंगलबार नेप्से परिसुचक ३९.१६ अंकले बढेर १२०७.७१ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । मंगलबार ५० करोड ६१ लाख रुपैयाँमा १६६ कम्पनीका १५ लाख ११ हजार कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार ब्यापार समुह ३.१३ अंकले घटेको छ भने अन्य सबै समुह बढेको छ ।


क्लिकमान्डु