१३ सय बिघामा मेन्था खेती
काठमाडौं । बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी ६ करोड रुपैयाँ बराबरको ८ हजार एक सय किलो उत्पादन गरेको थियो ।
क्यामोमाइल तेल प्रतिबिघा चारदेखि पाँच किलो उत्पादन हुन्छ । प्रतिकिलो २१ रुपैयाँका दरले बिक्री हुने गरेको सो लिमिटेडका प्राविधिक सल्लाहकार अजयकुमार जसवालले बताउनुभयो ।
यस्तै, मेन्था तेल प्रतिबिघा एक सयदेखि १५० किलो उत्पादन हुन्छ भने प्रतिकिलो १ हजार ५० रुपैयाँका दरले बिक्री हुन्छ ।