सेयर बजार घटेको बेला ५ करोडभन्दा बढी कित्ता सेयर सूचिकृत



काठमाडौं । सेयर बजार घटेको बेला विभिन्न कम्पनी गरेर ५ करोड कित्ताभन्दा बढी बोनस सेयर सूचिकृत भएको छ ।

सोमबार नेप्सेमा स्टयाण्डर्ड चाटर्ड बैंक ४ करोड ५७ हजार १ सय ५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै माछापूच्छ्रे बैंक ६६ लाख ५१ हजार ४ सय ९० कित्ता बोनस सेयर सहित सूचिकृत भएको छ ।

एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्थान २ लाख ८१ हजार ७ सय ५० कित्ता बोनस सेयर सहित सुचिकृत भएको छ । साथै एभरेष्ट इन्सुरेन्स २ लाख २ हजार ५ सय कित्ता बोनस सेयर सहित सुचिकृत हुन सफल भएको छ ।


क्लिकमान्डु