रेन वाटर हार्भेस्टेङ एण्ड ग्राउन्ड वाटर रिचाज योजना रानीवारी सामुदायीक समुहलाई हस्तान्तरण




काठमाडौं । सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटरएड नेपाल र कोकाकोला फाउन्डेशनले बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना रानीवारी सामुदायीक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ ।

सो योजनाको हस्तान्तरण सेन्टर फर इन्ट्रिग्रेटेड अर्वन डेभलपमेन्टका निर्देशक पुष्करलाल श्रेष्ठ, वाटरएडका कार्यक्रम निर्देशक कबिन्द्र पुडासैनी र कोकाकोला फाउन्डेशनले हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रम विश्व पानी दिवसको अबसरमा चैत १२ गते सोमबार रानीवारीमा आयोजना गरिएको थियो ।

‘यी र यस्ता कार्यक्रमले समुदायमा निकै धेरै सकारात्मक संदेश प्रबाह गरेको छ । यसलाई निरन्तरता दिन कोकाकोला कम्पनिले पानीको संरक्षण, पानीको बिषयमा सकारात्मक छलफल, पानीको सहि रिचार्ज र पानीका मुहानहरुको एकिकृत ब्यबस्थापन जस्ता बिषयमा काम गर्दै आइरहेको छ । यस प्रयासले वातावरण परिर्वतन र पानीका स्रोतहरु बचाउन सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुर्याउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु