पोखरा फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । पोखरा फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आफ्नो २१ औं वार्षिकोत्सव साताव्यापी मनाउने क्रममा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

शनिबार माछापुच्छे« गाउँपालिकाको लाहाचोकमा सम्पन्न सो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।

फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ छ । फाइनान्सले जारी गरेको हकप्रद सेयर चैत्र ७ गते बाँडफाँड गरि अवितरित हकप्रद सेयरको लिलाम बिक्रीका लागि चैत्र १८ गते देखि चैत्र २५ गतेसम्म आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

सो लिलाम बिक्री वितरण तथा आर्थिक बर्ष २०७३/७४ को प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात् संस्थाको चुक्ता पूँजी ८१ करोड ६४ लाख रुपैयाँ कायम हुने फाइनान्सले जानकारी दिएको छ ।


क्लिकमान्डु