भ्याट र आयकर नतिर्नेप्रति सरकार कठोर, ८८ फर्ममाथि थालियो कारबाही (सुचिसहित)




काठमाण्डौं । जनताबाट मूल्य अभिबृद्धि कर (भ्याट) उठाएर पनि राज्यलाई नतिरी फरार रहेका ब्यवसायीप्रति सरकार कठोर हुन थालेको छ । यसरी कर नरिती फरार रहेका करदाता फर्म र त्यसका संचालकको विवरण सार्बजनिक गर्दै कर कार्यालयहरुले तत्काल कर तिर्न आउन ताकेता गरेका हुन् ।

करदाता सेवा कार्यालयले भ्याट र आयकर नतिरी फरार रहेका ८८ करदातालाई १५ दिनभित्रमा कर तिर्न आउन ताकेता गरेको छ ।

आन्तरिक राजस्व विभाग अन्तरगतको करदाता सेवा कार्यालय कालिमाटी अन्तरगतका ३५ करदाताले आयकर भ्याट दुवै तिरेका छैनन् । आयकर मात्रै नर्तिनेको सङ्ख्या १० रहेको छ । भ्याटमात्र नतिर्नेको सङ्ख्या ४३ रहेको छ ।

कार्यालयका अनुसार आयकर र भ्याट दुबै नतिर्ने करदाताहरुमा वेलकम इन्टरनेशनल ग्रुप, नागदेव इन्टरप्रइजेज एसजेपी ट्रेडर्स, एसजेपी टे«ड कन्सर्न, यू विवेक ट्रेडर्स, इम्पल्स मार्केटिङग र न्यू विकाश ट्रेडर्स रहेका छन् । यस्तै सफल सप्लायर्स बुद्ध इन्टरनेशनल, माता दक्षिणकाली रोडा ढुङ्गा तथा वालुवा उद्योग, राजधानी किचन वयर इन्टरपाइजेज, म्यूचुअल सपिङ् सेन्टर, हिमाल सिमेण्ट कम्पनी, कृति इन्टरनेश्न कम्पनी, महांकाल इन्टरप्राईजेज र शिव ट्रेड लिंकले पनि भ्याट र आयकर दुबै तिरेका छैनन् ।

श्री कन्सर्न, पीएन एक्सपोर्ट इम्पोर्ट ट्रेडर्स, राजधानी किचन वयर इन्टरप्राईजेज, म्यूचुअल सपिङ्सेन्टर। रियल ट्रेडिङ कन्सर्न, श्रीकृष्ण स्टोर्स, अमर एण्ड महालक्ष्मी कन्सट्रक्सन जेभी, जयसवाल जनरल स्टोर, वल्र्ड टप इन्टरनेशनल ट्रेनिङग इन्स्टिच्यूसन, मेटास डिष्ट्रिव्युटर्स, ताहचल प्लाष्टिक उद्योग, जय श्रीगणेश इन्टरनेशनल ट्रेडिङ, साइ मार्केटिङ, सुवोध रिटेल र महान ट्रेटर्सले पनि आयकर र भ्याट दुबै नतिरेका कार्यालयले जानकारी दिएको छ । यस्तै सिटी सेन्टर हस्पिटल, बाभ्रो टेडिङ्ग प्लसले पनि आयकर र भ्याट दुबै तिरेका छैनन् ।

आयकर मात्र नर्तिनेमा शिवश्री इन्टरप्रइजेज, सुबोध युनिफर्म इन्डष्ट्रिज, विनोद फलपूmल ताथा खाध्यान्न स्टोर्स, उमाशंकर फलफूल तथा खाध्यान्न भण्डार, डाउन टाउन हाउजिङ कम्पनी, श्रीमनकामना जनरल स्टोर्स, न्यू पिसकला कन्सर्न, गोविन बाबा स्टोर्स, कुलेश्वर आवास मिनी मार्केट, सिभिक हार्डवेयर र भिएल ईन्टरप्राईजेज रहेका छन् ।

भ्याटमात्र नतिर्नेमा इनोभेटिभ कन्सेप्ट नेपाल, सिटको लिमिटेड, उदयश्री प्लाष्टिक उद्योग, अमर खड्का जेभी, आरसी ट्रेटर्स, विरुवा सुन्दरी जेभी, बाचा कन्स्ट्रक्शन, टौदह कन्स्ट्रक्सन अजम्बर निमार्ण सेवा जेभी, लाईगर कन्स्ट्रक्सन एण्ड सप्लायर्स, मचाम भेहिलक सर्भिस, मुडभरी एण्ड जोशी रेणु निर्माण सेवा जेभी र पीआर, भेइकल सर्भिस छन् ।

यस्तै एनके जोशी एण्ड कम्पनी, संकटा टेर्ड लिङकस्, एटलस इन्टरप्रईजेज, सीपी अर्गनाइजेशन, जिके इन्टरनेसनल, मनिरा सप्लायर्स, मार्शल सेक्यूरिटी सर्भिस, उज्वल पोलिथिन उद्योग, एपी कार्टुन सेन्टर, युनिक नेपाल सोलार पावर, जय वजरंग कन्ट्रक्सन, नेपाल वैकटेश्वरा होटल्स, झा निमार्ण सेवा, बाफल हार्डवेयर सेन्टर, पायोनियर अटो डेकोर प्यालेस, आरआर मोवाइल सेन्टर, ए एण्ड ए नेपाल, श्रीगणपती अटो इन्टरप्राईजेज र शिव ट्रेड लिङकले पनि भ्याट तिरेका छैनन् ।

कार्यालयका अनुसार महालक्ष्मी लोकप्रिय जेभी, एसोसिएट्स ट्रेडिङ सेन्टर, इष्ट मेनेजमेन्ट एण्ड इन्जिनियरिङ् सर्भिस जेभी थिडी कन्सल्टेन्ट, नेशनल पोलि प्लाष्टिक ईण्डष्ट्रिज, बाबा इलेक्ट्रोनिक्स सर्भिस, उदारेश्वर रोडा ढुङ्गा उद्योग, समृद्धि निर्माण सेवा, लोकप्रिय अस्मिता यति जेभी, यति ट्रेडिङ कम्पनी, एपी कार्टुन सेन्टर, एएमटुपीएम मेडिया सर्भिस र लोकप्रिय अस्मिता जेभीले पनि भ्याट तिरेको छैन ।


क्लिकमान्डु