अर्थमन्त्रीको बोलीले सेयर बजार घटेको भन्दै आलोचना



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको अभिव्यक्तिले सेयर बजार घटेको भन्दै लगानीकर्ताले मन्त्रीको आलोचना गरेका छन् ।

फेसबुकका सामाजिक संजालका सेयर लगानीकर्ताका विभिन्न फोरममा लगानीकर्ताले अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर आलोचना गरेका हुन् ।

आइतबार बिराटनगरमा अर्थमन्त्री खतिवडाले सेयर बजारमा बुझेर लगानी गर्न र विगतमा अस्वभाविक बढेको बजार अहिले करेक्सन भएको अभिव्यक्ति दिएका थिए । केही समय अगाडि बिबिसी नेपालीसेवासँगको अन्तरवार्तामा अर्थमन्त्री खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेका थिए ।

अर्थमन्त्रीको रुपमा खतिवडा आएपछि सेयर बजार घटिरहेको छ । त्यसमा अर्थमन्त्रीको अभिव्यक्तिले बजारलाई घटाउन मद्दत पुगेको बुझाई लगानीकर्ताको छ ।

सोमबार सेयर बजारमा ओली सरकार आएपछि घटेर पहिलो पटक सर्किट ब्रेक लाग्यो । अहिलेसम्म नेप्से परिसूचक ५० अंकले ओरालो लागेको छ ।


क्लिकमान्डु