प्रधानमन्त्रीले सात दिनमा गर्न भनेको काम १५ दिन बित्दा पनि भएन




काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काठमाडौं उपत्यकाको धूलो तथा फोहोर हटाउन गत फागुन २८ गते निर्देशन दियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला सबै निकायका उच्च अधिकारी भेला भएका थिए ।

उनीहरुले ७ दिन भित्र ती काम गर्ने भनेर प्रतिवद्धता पनि जनाए । तर निर्देशन दिएको आज १४ दिन पूरा भयो । ७ दिनमा सक्ने भनेर दिएको निर्देशन समेत कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि र विकासको नारा लगाएको लगायै छन् । तर, प्रधानमन्त्रीले नै दिएको निर्देशन मतहत निकायले कार्यान्वयन गर्न टेर पुच्छर लगाएका छैनन् ।

विभिन्न बाहानाबाजी गर्दै सरकारी निकायका अधिकारीले काम गर्न अस्वीकार गर्दै आएका छन् । कारण के हो ? उनीहरु किन काम गर्न तयार नभएका हुन् त्यसको बारेमा जानकारी दिने र बताउने निकाय समेत मौन रहेको छ ।

काठमाडौँ उपत्यका भित्र लामो समयदेखि सडक विस्तारको काम रोकिएको छ । भत्काइएका सडक पुनः निर्माण हुन नसक्दा धुलो र धुवाले मानव स्वास्थ्यमा नराम्ररी प्रभावित पारेको छ । नागरिकले सरकारबाट काम होओस् भन्ने अपेक्षा गरेका छन् । तर प्रधानमन्त्रीले नै दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण लगायतका निकायसँग समन्वय गरी विद्युत्का पोल तथा टेलिफोनका तार हटाउन समेत ७ दिनको समय दिएको थियो । त्यो काम समेत पूरा भएको छैन ।

ठेकेदारका कारणले काम नभएका, ढिला भएका परियोजना र स्थान कुन कुन हुन् पहिचान गर्न, त्यस्ता ठेकेदार र कम्पनीको सूची तयार पार्न समेत ७ दिनको समयसीमा दिइएको थियो ।

प्रधानमन्त्री कार्यालयले जनजीवनसँग जोडिएका १५ विषयमा सम्वद्ध निकायलाई निर्देशन दिएको भएपनि काम हुन सकेको छैन । कारण जे जस्तो र जे जे भएपनि प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन भएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिने र चुपचाप बसेको त होइन भन्ने आशंका समेत व्यक्त गरिएको छ ।

हेर्नोस् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको १५ बुँदे निर्देशन


क्लिकमान्डु