सेयर बजारमा गरिने लगानी उत्पादनशिल हो : पूर्वअर्थमन्त्री डा महत



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारको नीति स्पष्ट नहुँदा सेयर बजार घटेको बताएका छन् ।

‘ओली सरकार आएपछि नेप्से परिसूचक २ सय अंकभन्दा बढीले घटिसक्यो’,महतले क्लिकमाण्डूसँग भने,‘ लगानीकर्तामा आत्मविश्वास देखिएको छैन,यसले लगानीको वातावरण बनाउँदैन।’

उनले सेयर बजारमा गरिने लगानी उत्पादनशिल नै भएको र यसको माध्यमबाट ठूला आयोजनामा पुँजी जुट्ने हुँदा यसलाई अनुत्पादक भन्न नमिल्ने बताए ।

सरकारले सम्बृद्धि सपना देखाएपनि लगानीकर्ताको विश्वास जित्न नसकेको भनाई महतको रहेको छ ।

सेयर बजारमा लगानीकर्ताले महत आउँदा बजार बढ्ने विश्वास व्यक्त गर्ने गरेका छन् ।

सेयर बजार निरन्तर घट्दै जानुले लगानीको वातावरण नभएको र यसले नयाँ लगानी ल्याउनको लागि वातावरण नहुँने देखाउँछ ।

‘सरकारमा बस्नेहरुले अझैपनि असम्भव खालका सपना देखाएका छन्’,उनले भने,‘स्रोतको सुनिश्चिता नभएपनि रेल कुदाउने भनिएको छ,तर,यहा सेयर बजार निरन्तर घटिरहेको छ।’


क्लिकमान्डु